arrow

निर्वाचनको विकल्प छैन : नेता नेम्वाङ

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
subash-nembang--a-a-G.jpeg

काँकडभिट्टा ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुकको सङ्कटलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताएका छन् ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान तथा लक्ष्मी पाण्डेको २९औं स्मृति दिवसका उपलक्ष्यमा नेकपा एमाले झापा क्षेत्र नं ३ ले पृथ्वीनगरमा गरेको सभामा नेता नेम्वाङले संसद्भित्र प्रवेश गरेको संविधान संशोधनको मुद्दा अनावश्यक भएको टिप्पणी गरे ।

नेता नेम्वाङले सत्तरी वर्षको लामो आन्दोलनपश्चात जनताले उपलब्धिका रुपमा प्राप्त गरेका संविधानको कार्यान्वयन गर्नु नै अहिलेको राष्ट्रिय आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि मुलुकमा तिन वटै तहको निर्वाचन हुनुपर्नेमा जोड दिए ।

पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान कार्यान्वयनमा प्रमुख दलबीच एकता जरुरी भएको बताउँदै मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्न संविधान संशोधन अपरिहार्य नभई कार्यान्वयन प्रमुख भएको धारणा राखे ।
‘जनतामैत्री संविधान बनाएकाले राज्यको हरेक तहमा हरेक जातजाति, भाषाभाषी एवम् धर्मावलम्बीले समानुपातिक सहभागिता हुँदै गरेको छ, नेता नेम्वाङले भने, ‘यो संविधान आम नेपाली जनताको पक्षमा छ ।’ रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ