arrow

एमसीसी अन्तरगत १८ किमी सीमा पार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
mca-nepal-mcc-cross-border-transmission-line-mou.jpg

काठमाडौँ। अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमी सीमा पार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ।

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्त्वपूर्ण अंशको रूपमा यसलाई हेरिएको छ।

अर्थ मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण,एमसिसी तथा एमसिए–नेपालका उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सब स्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारण लाइन निर्माण हुनेछ। २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजना १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ