- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी पारालिम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी छिन् ।
शुक्रबार भएको खेलमा उनले मोराल्सलाई ३१–० ले पराजित गरेकी हुन् । योसँगै उनी क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।
के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा अब पलेशाले ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेसको सामना गर्दैछिन् ।