सचिव तोयानारायण ज्ञवालीको राजीनामा, कनिष्ठलाई मुख्यसचिव बनाएपछिको झ्वाँक
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
1.1k
Shares
काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाइएपछि असन्तुष्ट रहेका ज्ञवालीले पदबाट राजीनामा दिएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरीयतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।