arrow

तीज पर्वले समृद्धिको सन्देश दिनुपर्दछ : मन्त्री भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
bidhya-bhattrai-1.jpg
फाइल तस्बिर

गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजमा प्रस्तुत गरिने गीतले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सन्देश दिनुपर्ने बताएकी छन् ।

पोखरा महानगरपालिका-१७ द्वारा शनिबार आयोजित वडास्तरीय तीज गीत प्रतियोगिता उद्घाटन गर्दै उनले तीज गीतमार्पmत मौलिक परम्परा र संस्कारको रक्षा गर्नुमा जोड दिइन् । 

“विगतमा महिलाले गीतका माध्यमबाट आफ्ना पीडा र वेदनालाई प्रस्तुत गर्ने एउटा माध्यम बनेको थियो”, उनले भनिन्, “अबका दिनमा तीज गीतमार्पmत मुलुकका विद्यमान विकृति र विसङ्गतिको अन्त्य गर्दै उत्पादन र रोजगारसँग जोडिन प्रेरित गर्नुपर्दछ ।”

मुलुकको परीक्षा प्रणालीमा सुधार गरेर शिक्षालाई उद्योग स्थापना गर्दै रोजगारीको सिर्जना नगरेसम्म युवालाई स्वदेशमा रोक्न नसकिने बताउँदै मन्त्री भट्टराईले त्यसका लागि तीनै तहका सरकार र स्थानीय उद्योगी व्यवसायी जिम्मेवार भएर लाग्नुपर्ने बताइन् । 

कृषि र पर्यटन विषयमा रचना गरिएका गीत प्रस्तुत गरिने प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको वडाअध्यक्ष राधिका शाही योगीले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ