arrow

पूर्वी तराई मधेसमा जाडोको सकस, विद्यालयहरु बन्द, जनजीवन कष्टकर

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
cold-at-terai.png
राजविराज । मौसम परिवर्तन भएसँगै तीन÷चार दिनदेखि एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सप्तरीसहित तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि सप्तरी सदरमुकाम राजविराजको बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको राजविराज–४ का मुकेश यादवले बताए । 
 
अत्यधिक चिसोका कारण जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा पनि बिरामी चिसोबाट प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ । 
 
खासगरी अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ । 
 
यस्तै, बालबालिकामा कोलडेरिया, निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 
 
त्यस्तै अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पनि दम, खोकी, निमोनिया लगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । 
 
यस्तै, चिसो छल्नका लागि राजविराजस्थित विभिन्न चौकचौकमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । 
 
चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताउँछन् । 
 
एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ