arrow

एमाले निकट कर्मचारी निर्वाचन : देवकोटा प्यानलका यी हुन् उम्मेदवारहरु

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
UML-Karmachari.jpeg
काठमाडौं ।  एमाले निकट कर्मचारीहरुमा १० औं महाधिवेशनको सरगर्मी चुलिएको छ । सोमबार देखि बुधबारसम्म बाँकेको नेपालगञ्ज जारी रहेको महाधिवेशनको मंगलबार मात्रै बन्दशत्र हुन लागेको एक प्रतिनिधीले जानकारी दिए । 
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको सिद्धार्थ कटेजमा दिउँसो १२ बजे महाधिवेशनको उद्घाटन गरेका थिए ।
 
संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम लगायत धेरै केन्द्रीय नेताहरुको समर्थनमा केदारप्रसाद देवकोटाको प्यानल रहेको छ भने नेता माधव नेपालको पक्षबाट मोहन घिमिरेको प्यानल चुनावी मैदानमा उत्रिएको छ । 
 
देवकोटाको प्यानलभित्र वरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । महासचिवमा भने गंगा बहादुर सुनुवारको उम्मेदवारी पर्नै सम्भावना रहेको छ ।  
 
त्यस बाहेक उपमहासचिवमा भूपेन्द्र बस्नेत, सिताराम घिमिरे, हरि जिरेल, रेणुका केसी र मञ्जु ढुङ्गानाको उम्मेदवारी पर्ने सम्भावना रहेको छ । त्यस्तैगरी, सचिवमा युवाचन्द्र घिमिरे, केशब जोशी, विष्णु अधिकारी, भवानी सापकोटा, देवेन्द्र ढकाल, कृष्ण केसी, लगायतको उम्मेदवारी पर्नै सम्भावना रहेको छ । 
 
त्यस्तै, कोषाध्यक्षमा ईश्वर ओझा, गणेश आचार्य, पुष्पराज जोशीको आकांक्षा रहेको छ । महिला उपाध्यक्षमा भवानी दाहाल, जनजाति उपाध्यक्षमा ललित महर्जन र मंगलराम दरैले उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । 
 
स्राेतका अनुसार देवकाेटा प्यानल प्रारम्भिक मत सर्भेक्षणमा अगाडि देखिएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ