arrow

एमाले निकट कर्मचारी निर्वाचन : घिमिरे प्यानलका यी हुन् उम्मेदवारहरु

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
UML-Karmachari.jpeg
काठमाडौं ।  एमाले निकट कर्मचारीहरुमा १० औं महाधिवेशनको सरगर्मी चुलिएको छ । सोमबार देखि बुधबारसम्म बाँकेको नेपालगञ्ज जारी रहेको महाधिवेशनको मंगलबार मात्रै बन्दशत्र हुन लागेको एक प्रतिनिधीले जानकारी दिए । 
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जको सिद्धार्थ कटेजमा दिउँसो १२ बजे महाधिवेशनको उद्घाटन गरेका थिए ।
 
संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा अध्यक्ष केपी ओली प्यानलको तर्फबाट केदारप्रसाद देवकोटाको प्यानल रहेको छ भने नेता माधव नेपालको पक्षबाट मोहन घिमिरेको प्यानल चुनावी मैदानमा उत्रिएको छ । 
 
घिमिरेको प्यानल भित्र प्रदेश नं १ उपाध्यक्षमा जयराम श्रेष्ठ, प्रदेश नं २ मा नौतम पोखरेल, प्रदेश नं ३ मा राजेन्द्र श्रेष्ठ, प्रदेश नं ४ बाट घनश्याम सापकोटा,  प्रदेश नं ५ बाट मञ्जु कोइराला, प्रदेश नं ६ बाट मोहन गिरी र प्रदेश नं ७ बाट प्रेम बहादुर सिंह रहेका छन् । 
 
त्यस्त, उपत्यका उपाध्यक्षमा शेखर दाहाल, महिला उपाध्यक्षमा भुवन राई, जनजाति उपाध्यक्षमा चरण कुमार गुरुङ, श्रेणिविहीन तर्फ परमानन्द पौडेल, महासचिवमा रेवन्त गौतम, उपमहासचिवमा चेतनाथ न्यौपाने, रमेश भण्डारी, र शान्ति लुईटेल रहेका छन् । 
त्यस्तै सचिवहरुमा रामचन्द्र अधिकारी, हरिकाजी राई, अनिल रेग्मी, याम बहादुर खत्री, भवानी खतिवडा, सीता गुरुङ, युवराज श्रीमाझी, कोषध्यक्षमा बखत बहादुर खड्का, सहकोषध्यक्षमा गगन बहादुर विक, अनुशासन आयोगमा अच्यूत अधिकारी, लेखा परीक्षण आयोगमा मुकुन्द पराजुली र निर्वाचन आयोगमा भरत कुमार थापा रहेको एक सदस्यले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ