arrow

कांग्रेसका चुनौती

सरकारलाई सफल बनाउने र देउवाको नेतृत्वमा चुनाव गरी जितेर आउने चुनौती छ – गगन थापा 

चैतभित्र सबै भ्रातृ संगठनको अधिवेशन गर्नैपर्छ, असोज १ देखि पुस १० सम्म जिल्लाको जिम्मा लिएर केन्द्रीय सदस्यहरुले विवाद समाधान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
deuba-purna-gagan-bishwapra.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग मिलेर सत्ता सहयात्रा गरेर गइसकेपछि समग्र प्रणाली जोखिममा रहेको बुझेर अगाडि बढ्नु पर्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले अप्रत्याशित रुपले एमाले र कांग्रेस सत्ता सहयात्रा भएपछि अब गरिएका समझदारीहरु जसरी पनि पूरा गर्नका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा सक्रियपूर्वक अगाडि बढ्नु पर्ने बताए । 

उनले सबै हिसाबले अन्य दलभन्दा एमाले र कांग्रेसबीच हरेक क्षेत्रमा प्रतिस्पर्धा हुने भएकाले गर्दा संयमित भएर सही निर्णय गरेर अगाडि बढ्नु कांग्रेससँगै एमालेको पनि दायित्व भएको उनले बताए । 

नेता थापाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउनु पर्ने, सभापति देउवाको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने र ८४ को चुनाव जितेर पनि आउनु पर्ने कांग्रेसको गम्भीर चुनौती रहेको बताए । 

कांग्रेसको चुनावी प्रतिस्पर्धी एमाले नै भएको भन्दै उनले यो बीचमा सरकारले काम गर्दै गर्दा पार्टीको पहिचानलाई पनि जोगाउनु पर्ने बताए । 

उनले नेतासँगै पार्टीको पहिचानलाई जोगाउनु प्रमुख दायित्व भएको भन्दै अहिले काठमाडौँमा देखिएका घटनाहरु सामान्य नभएको बताए । 

टुँडिखेलमा सभापति देउवा र प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा भएको विरोधतर्फ संकेत गर्दै महामन्त्री थापाले परिस्थिति जता पनि बरालिएर जान सक्ने भएकाले सम्हालिनु पर्ने बताए । 

उनले कांग्रेसले गरेका राम्रा काम र सरकारले गर्ने राम्रा कामलाई विस्तारै बढाएर यस्ता भइपरि आउने घटनाहरु कम बनाउँदै लैजानुपर्नेसमेत बताए । 

उनले संविधान संशोधन हुने नहुने भन्दा पनि बहस हुने बताए । पार्टीले संघीयताको र समावेशीताको निर्णय गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताए । 

अब कांग्रेसले परिणाम र कामको प्रचार गरेर अगाडि नबढेसम्म ८४ को निर्वाचन सहज नहुनेसमेत सचेत गरे । 

नेता थापाले चैतभित्र सबै भ्रातृ संस्थाहरुको अधिवेशन गर्नुपर्ने बताए । उनले तीन चार महिनाको समय जिम्मेवार सदस्यहरुले घुँडा धसेर भए पनि अधिवेशन पूरा गर्न अनुरोधसमेत गरे । 

उनले यसअघि गरेको कांग्रेसको अभियान भन्दा पनि फरक तरिकाले केन्द्रीय सदस्यहरु खटिएर असोज १ देखि पुस १० गतेसम्म जिल्लाका विवादको टुंगो लगाउनु पर्ने गरी जिम्मा तोकिनेसमेत बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ