arrow

पूर्वका किराँत समुदायले चासोक तङनाम पर्व भव्यताका साथ मनाउँदै

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
KIRat_Yaklung.jpeg
 
जितेन्द्र भण्डारी
पाँचथर । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात न्वागी पुजा पाँचथर जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।
विशेषगरी पुर्वका विभिन्न भेगमा वसोवास गर्ने लिम्वू, राई, सुनुवार र याक्खा जातिले मंसिर पुर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ ।
 
न्वागी पुजा गर्न मंगलबार विहानैदेखि पाँचथर सदरमुकाम फिदिम स्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका किराँत मन्दिरहरूमा किराँत धर्मावलम्बीहरुको भीड लागेको छ । यहि अवसरमा किराँत याक्थुङ चुम्लुङले आज ऐतिहासिक स्थल हिलिहाङमा लिम्वुवानी बनभोज र चासोक तङनाम विशेष कार्यपत्र प्रश्तुत गर्नुका साथै सुम्जिरी सुम्हात्लुङ संरक्षण तथा विकास समितिले ९ किलोमिटर लामो मिनि म्याराथनको आयोजना गरेको छ ।
 
प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन ।
 
केहि वर्षयता नेपाल सरकारले मंसिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरीमा भव्यताका साथ मनाउने गरिएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ