arrow

विपक्षी गठबन्धन बैठक : ‘हामीलाई अरु थाहा छैन चुनाव हुनु पर्छ’

संशोधन फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान यथावत

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
uml-party-office.jpeg

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनविरुद्ध उभिएका विपक्षीदलहरुको संयुक्त बैठकले विधेयक फिर्ता लिए निर्वाचनमा जान तयार रहेको निष्कर्ष निकालेका छन् । प्रमुख विपक्षी एमालेको आह्वानमा बसेको विपक्षीहरुको संयुक्त बैठकले सरकारले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको प्रक्रिया अघि बढाए सहमति जुट्ने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘विधेयक फिर्ता लिई संविधान कार्यान्वयन गर्ने वातावरण बने निर्वाचनमा जान विक्षी सबै तयार छन् ।’ संशोधन विधेयक फिर्ता नभए संसदको अवरोध जारी रहन्छ । पछिल्लो समय स्थानीय तह नभई स्थानीय निकायको निर्वाचन गर्ने विषय आएपछि सत्ताधारी र प्रतिपक्षीबीच वाद विवाद चल्न थालेको छ ।

स्थानीय तह वा निकाय कस्को निर्वाचन गर्ने भन्ने विषय सरकारको अवधारणामा भर पर्ने भन्दै प्रमुख सचेतक ढकालले भने, ‘हामीले यत्ति जानेका छौं । संविधान कार्यान्वयन गर्न निर्वाचन गर्नै पर्छ ।’ हामीलाई अरु थाहा छैन चुनाव हुनु पर्छ । विपक्षी मालेका नेता कुमार बेल्बासेले स्थानीय निकायको निर्वाचनबारे सरकारको नियत हेर्ने भन्दै बैठकमा चर्चा भएको सुनाए ।

निर्वाचनका सन्दर्भमा उनले भने, ‘पुरानै शासन व्यवस्थामा फर्किने भन्दा पनि संविधानले तोकेको संक्रमणकालिन व्यस्थालाई टेकेर स्थानीय निकायको निर्वाचन हुनुपर्ने भन्ने कुरा उठेको हो । अर्कोतिर अहिले स्थानीय निकायको निर्वाचन गरेर भोली त्यसैलाई तहमा ढाल्न मिल्छ कि भन्ने विषयहरु पनि उठेका छन् ।’ यद्यपि, नयाँ संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भए मात्रै प्रतिनिधि सभा गठन हुने व्यवस्था छ ।

संघीय संरचनानुसारको राज्य व्यवस्था र संघीय संविधान कार्यान्वयन नहुने र संघीयता खारेज हुने सम्मको दुर्घटना निम्तिने अड्कल भइरहेकै बेला सरकारले ल्याउने निर्वाचन कानुन विधेयक महत्वपूर्ण हुने बताइँदै छ । दलहरुको भनाई र गतिविधि अनुसार संघीय संविधान खारेज हुने सम्मको खतरा बढ्दै गएको अड्कल केही विज्ञहरुले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ