arrow

मोदी राजकीय भ्रमणमा लागे ब्रुनाई र सिङ्गापुर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
narendra-modi-flight-2924.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । 

 भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको  यो पहिलो ब्रुनाई भ्रमण हुनेछ ।  दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस  भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ ।

भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिङ्गापुर भ्रमण गर्ने स्रोतले जनाएको छ ।

प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उदेश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ मझभुत र प्रगाड  बनाउनेमा केन्द्रित रहेको जनाए । 

यसैगरी भारत–बुर्नाइ दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली  ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत जनाएका छन् । 

भ्रमणको दास्रो चरणमा सिङ्गाापुरमा राष्ट्रपति थर्मन सन्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन लुङ र वरिष्ठ मन्त्री गोह चोक टोङसँग वार्ता गर्ने उनले बताएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ