- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको विशेषता सङ्घीयता र समावेशीता भएको बताएका छन् ।
पार्टीको कोशी प्रदेश कमिटीद्वारा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालको संविधानमा रहेको समावेशी, समानुपातिक र सङ्घीयतालाई संस्थागत गर्नु पार्टीको मुख्य जिम्मेवारी भएको बताए ।
अध्यक्ष यादवले भने, “राज्यद्वारा प्रदान गरिने अवसरमा सबै जनताको पहुँच पुर्याउनु पार्टी अभियानको मुख्य कार्यभार हो ।”
उनले मुलुकमा देखिको महङ्गी नियन्त्रण, भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने पार्टी निरन्तररूपमा खबरदारी गर्ने बताए ।
पार्टीका सहअध्यक्ष रकम चेम्जोङ्गले ठूला दुई दलका कारण मुलुकमा राजनैतिक अस्थिरता कायम भएको आरोप लगाए ।
पार्टीका केन्द्र महासचिव रामकुमार शर्माले पिछडिएका क्षेत्रमा वसोवास गर्ने जनताको राज्यको नीति निर्माण पहुँच पुर्याउने कार्यमा लाग्नुपर्ने बताए ।
पार्टीका उपमहासचिव रेखा यादव, केन्द्रीय कार्यकारणी सदस्य जयराम यादव, केन्द्रीय सदस्य सञ्जय सिंह, जिल्ला अध्यक्ष राजकुमार यादवले संविधानमा रहेको समानुपातिक र समावेशीका सम्बन्धमा कुनै सम्झौता नहुने दृढता व्यक्त गरे ।