काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको सोमबारदेखि नेपालगञ्जमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
मंगलबारदेखि कर्मचारीहरुको महाधिवेशनको बन्दशत्रपनि सुरू त भयो । तर, बाहिर आउन नसकेको एउटा कुरा सोमबार नै कार्यक्रम सुरूहुनु पूर्व अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षीय कर्मचारीबीच हात हालाहालको स्थिती सिर्जना भएको थियो ।
संगठनको केन्द्रीय कमिटीले दुईतिहाई केन्द्रीय उपाध्यक्षहरुको सिफारिसमा ६६ जना प्रतिनिधि मनोनीत गरेपछि असन्तुष्ट वरिष्ठ उपाध्यक्ष केदार देवकोटा पक्षले एक्लौटी प्रतिनिधि मनोनयन गरेको भन्दै उद्घाटन कार्यक्रमको मञ्च कव्जा गरी नाराबाजी गरेपछि कार्यक्रम स्थलको माहोल तनावग्रस्त बन्न पुगेको थियो ।
उक्त मनाेनयनकाे तयारी भएकाे जानकारी पाएपछि ओली पक्षीय कर्मचारीहरुले नाराबाजी गरिरहेका थिए । एक सदस्यले दिएको जानकारी अनुसार कार्यक्रम स्थल थप तनावग्रस्त बन्दै जाँदा त्यहाँ हात हालाहालको स्थिती पनि सिर्जना भएपछि प्रहरी समेत परिचालन गर्नुपरेको थियो ।
उद्घाटन कार्यक्रम सुरूहुनुपूर्व नै सुरू भएको नाराबाजी प्रमुख अतिथी अध्यक्ष ओली पुग्दा झनै चर्किएको थियो । कार्यक्रम उद्घाटन दिउँसो १ बजेकोलागि आह्वान गरिएको भएपनि ओली ४ बजेमात्रै कार्यक्रम स्थलमा पुगेका थिए । त्यो बाँकी समय उनीहरुले विवाद गर्दैमा विताएको ती सदस्यले जानकारी दिए ।
यसरी नाराबाजी गरिरहेको पक्षलाई अध्यक्ष ओलीले असन्तुष्टका माग सम्बोधन हुनेगरी सहमतिका आधारमा प्रतिनिधि मनोनीत गर्न र सहमति नभए मनोनीत नगर्न निर्देशन दिएपछि नाराबाजी मत्थर भएको थियो । अहिले प्रतिनिधि मनोनीत गर्ने काम स्थगित गरिएको छ ।
अधिवेशनको बन्दसत्र जारी
उता, संगठनको १० औं राष्ट्रिय अधिवेशनको दोस्रो दिन मंगलबार समूह छलफल सुरु भएको छ । यो अधिवेशनमा नेतृत्व चयन गर्नका लागि ११७ जिल्ला/विभागीय कार्यसमितिबाट प्रतिनिधि छनौट भई आइसकेका छन् । आधिकारिक ट्रेड यूनियनमा ८० स्थानमा विजयी भएको संगठनले आधिकारिक ट्रेड युनियनका जिल्ला विभागीय कार्यसमितिका अध्यक्षलाई समेत अधिवेशन प्रतिनिधिको रुपमा प्रतिनिधित्व गराउने गरी विधान संशोधन गरेको छ ।
यसैगरी संगठनको अभिभावकत्वमा संचालित राष्ट्रसेवक सहकारीका अध्यक्षहरुले समेत प्रतिनिधिका रुपमा भाग लिएको संगठनका केन्द्रीय सदस्य गगनबहादुर बिकेले जानकारी दिए । यस अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले यो अधिवेशनलाई नेपालको निजामती क्षेत्रमा चासोका साथ हेरिएको छ ।
अधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब ९ सयको सहभागिता रहेको छ । अधिवेशन सम्पन्न गर्नका लागि करिब ७० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
अधिवेशनको मंसिर २७ गते नेपालगञ्जको सुर्खेतरोडमा रहेको सिद्वार्थ कटेजमा पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । अधिवेशनमा सहभागी हुनका लागि प्रतिनिधि र पर्यवेक्षकहरु नेपालगन्ज आइसकेका छन् । नेपालगञ्जका विभिन्न स्थानमा स्वागतगेट निर्माण गरिएको छ ।