arrow

सिराहाका रुपेशको मलेसियामा आफ्नो साथीबाट हत्या, शव नेपाल ल्याउन पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
killed-malaysia-nepali-friend.jpg

सिराहा । सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेका छन् । 

मलेसियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेसिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न् ।

घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्‍याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया शुरु गरिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ