arrow

पाँच लाखसहित काठमाडौँ महानगरले गर्‍यो पलेशालाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
palesha-balen-81-5-19.jpg

काठमाडौँ । काठमाडौँ महानगरले पेरिसमा जारी पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधबार महानगरका मेयर वालेन्द्र साह (शाह) र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।

फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा लिम्पिककी कास्य पदक विजेता पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी हुन्। उनलाई राष्ट्रिय खेलकुद परिषदले सम्मान स्वरूप विमानस्थलदेखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ