arrow
ADVERTISEMENT

मौलिक तीज गीत 'तीजको बेलामा' [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
teejko-belama-81-5-19.jpg

काठमाडौँ । बिमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको नयाँ नेपाली तीज गीत "तीजको बेलामा" बजारमा आएको छ । बिष्णु भण्डारीले लेखन र संगीत रहेको यस गीतमा सरोज प्रजा, बिना राउत, बिमला ज्ञवाली, र न्युसागर लामाले अभिनय गरेका छन् । 

नेपालका धेरै दाजुभाइहरूको विदेश जानु एक बाध्यता बनेको छ, जसले गर्दा तीजको बेलामा चेलीहरूले माइत जान र रमाउन सकिरहेका छैनन् । यही पीडा र भावना गीत "तीजको बेलामा" मा व्यक्त गरिएको छ। 

तीज, नेपाली समाजमा विशेष महत्वका साथ मनाइने पर्व हो । जसलाई महिलाहरूले विशेष गरी आफ्नो माइत जाने र परिवारसँग समय बिताउने अवसरको रूपमा मनाउँछन् । तर ती महिलाहरू जसले विभिन्न कारणले गर्दा माइत जान पाउँदैनन् तिनको पीडा गहिरो हुन्छ । 

माइत जान नपाएका महिलाहरूको दुःख केवल भौतिक अभाव मात्र होइन, भावनात्मक स्तरमा पनि गहिरो हुन्छ । विशेष गरी ती महिलाहरूका लागि, जो लामो समयदेखि परिवारसँग टाढा रहँदै आएका छन्, यो पीडा अझ बढी हुन्छ । यही सन्दर्भ बिमला ज्ञवाली र महेन्द्र भण्डारीको "तीजको बेलामा" मा प्रस्तुत गरिएको छ । 

 तीजको अवसरमा विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन्। तर तीजका परम्परागत गीतहरूको सट्टा रत्यौली पाराका गीतहरू बढी बजारमा भेटिन्छन् । सस्तो लोकप्रियताका लागि बनाइएका यस्ता दुई अर्थी शब्द र अश्लील भिडियोहरू सहितको तीजको गीतहरूले हाल बजारमा समस्या उत्पन्न गरिरहेका छन् । यस्तो समस्याको समाधानका लागि मौलिक तीज गीतहरूको आवश्यकता अत्यन्त महत्वपूर्ण छ । 

यस्ता गीतको खोजीका लागि "तीजको बेलामा" राम्रो विकल्प हुन सक्छ । मौलिक गीतकै सन्दर्भमा रत्यौली पाराका गीतहरूमा बढी भ्युज आउने गरेकाले यस्ता मौलिक गीतहरूले अपेक्षित चर्चा पाउन सकेका छैनन् ।

यदि यस्ता मौलिक गीतहरूलाई पर्याप्त समर्थन र हेराइ प्राप्त भएन भने अर्को वर्ष तीजको गीति बजारमा मौलिक गीतहरूभन्दा छाडा गीतहरूले बजारलाई ढाक्ने सम्भावना बढ्दो छ । त्यसैले मौलिक तीज गीतहरूको संरक्षण र प्रवर्द्धनमा सबैको साथ र सहयोग आवश्यक छ  । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ