arrow

कीर्तिमानधारी पलेशालाई राष्ट्रपति पौडेलबाट सम्मान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
palesha-president-81-5-19t.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिककी कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । 

शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए । 

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
 
पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् । 

नेपालले विश्व खेलकुदमा हासिल गरेको यो नै सबैभन्दा ठूलो सफलता हो । 


 

palesha-president-81-5-19 (4).jpg
palesha-president-81-5-19 (5).jpg
palesha-president-81-5-19 (6).jpg
palesha-president-81-5-19 (1).jpg
palesha-president-81-5-19 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ