arrow

समस्याको निकासका लागि सबै दल जिम्मेवार बन्नुपर्छ : नेता कोइराला

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
shekhar-Koirala.jpg.jpeg
 
 
पोखरा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् । 
 
नेपाली काँग्रेस कास्कीद्वारा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले भने– “देश समस्यामा रुमल्एिको छ, यसको निकासका लागि सबै दलको एकताबद्ध प्रयास आवश्यक छ ।” 
 
केन्द्रीय सदस्य डा कोइरालाले एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुनेमा जोड दिँदै प्रतिपक्षी दल नेकपा (एमाले)लाई पनि सँगै लिएर समस्याको समाधान खोजिनु पर्दछ भने । 
 
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावबाट मधेसी दल पनि सन्तुष्ट नरहेको तथा सीमाङ्कनलगायतका विषयमा अन्य सर्वसाधारण पनि सडकमा आएको विद्यमान संवेदनशील अवस्थालाई गम्भीरताका साथ लिन प्रमुख दललाई उनले आग्रह गरे। 
 
सांसद यज्ञबहादुर थापा र बिन्दा रानाले देशलाई समस्याबाट निकास दिनु काँग्रेसको दायित्व भएको बताउँदै पछिल्ला समयमा विभिन्न राष्ट्रिय मुद्दामा पार्टी अलमलिए जस्तो बनेको विचार व्यक्त गरे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ