arrow

जनतालाई सरल र सहज सेवा दिनुपर्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
gandaki-cm-surendra-panday.jpg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरल र सहज सेवा दिनुपर्ने बताएका छन् । 

निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित प्रदेश निजामती सेवा, स्थानीय सेवासम्बन्धी अन्तरक्रियामा उनले इमान्दारिताका साथ सरल र सहज सेवा दिनुपर्ने बताए ।

“सङ्घ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरे पनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ”, मुख्यमन्त्री पाण्डेले भने । 

उनले सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिए पनि सरकारको अङ्गका रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामा पनि असफलता झल्किने स्पष्ट पारे ।

उनले भने, “सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटी प्रति सबै प्रतिबद्ध हुनुपर्छ ।”

प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल सम्बोधन गर्नुपर्ने विषय प्रदेशसभाबाट तत्काल संशोधनको तयारी गरिएको बताउँदै उनले सङ्घीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधनसहित सम्बोधन गरिने बताए ।

प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले एक करोड विनियोजन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रका स्थानीय तहलाई पनि कोषमा सहभागी गराउने बताए । 

कर्मचारी सरुवा र वृत्तिविकासका सन्दर्भमा उचित मापदण्ड बनाएर लागू गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्नु उनले अनुरोध गरे ।

कार्यक्रममा कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवालगायतका विषयमा कर्मचारी सङ्घ, सङ्गठनले चासो राख्दै सङ्घीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यान्वयनमा समस्या भएको गुनासो राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ