arrow

बिना मेस्सी चिलीमाथि अर्जेन्टिनाको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
football-argentina-24-9-6.jpg

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट फुटबलमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले एक एक गोल गरेका थिए । अर्जेन्टिनाको यस खेलमा कप्तान लियोनेल मेस्सी भने घाइते भएका कारण टिम बाहिर रहेका छन् ।

यो जितपछि अर्जेन्टिनाको ७ खेलमा छैटौँ जित हासिल गर्दै १८ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै चिलीको भने यो ७ खेलमा चौथो हार हो । चिलीको ७ खेलमा ५ अंक मात्र रहेको छ र नवौं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ