arrow

राजदूत नवीन श्रीवास्तवले गरे महाकाली पुलको अनुगमन, कार्तिकभित्र निर्माण सक्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
nabin-srivastav-mahakali-br.jpg

दार्चुला । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलामा महाकाली नदीमा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेबल पुलको अनुगमन गरेका छन् । 

राजदूत श्रीवास्तवले महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको आज अनुगमन गरेका हुन् ।

नेपाल–भारत जोड्ने उक्त पुलले दुई देशबीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै उनले निर्माण कार्य समयमै सक्न निर्देशन दिए । आगामी कात्तिक महिनाभित्र पुल निर्माण सम्पन्न गर्न राजदूत श्रीवास्तवले  निर्माणमा संलग्न पक्षलाई आग्रह गरे । 

सो अवसरमा राजदूत श्रीवास्तवले  प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, महाकाली करीडोर सडक योजनाका ईन्जिनियर दिपकबहादुर विष्टलगायतबाट पुल निर्माणबारे जानकारी लिएका थिए । 

भारतको पिथौरागढ जिल्लाका उप जिल्ला अधिकारी मन्जित सिंह तथा त्यहाँस्थित सुरक्षाअधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 

पुल निर्माणको काम भारतीय निर्माण कम्पनी ‘पि एण्ड आर ईन्फ्राप्रोजेक्ट लिमिटेड पन्जा’ले गरिरहेको छ । एक सय १० मिटर लामो उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ । 

पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी भेगलाई भारतसँग जोड्न दार्चुलामा बन्न लागेको यो पहिलो मोटरेबल पुल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ