arrow

केजरीवाल मदिरा नीतिमा शुरुदेखि नै सामेल – सीबीआई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
arvind-kejariwal-jail-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा नीति प्रकरणमा मुछिएको सीबीआईको अनुसन्धानले देखाएको छ । 

उनी मदिरा नीति बनाउने र उसलाई लागू गर्ने आपराधिक जालसाजमा शुरुआतदेखि नै सामेल भएको सीबीआईको प्रतिवेदनमा उल्लेख छ । 

सीबीआईले उनीविरुद्ध आरोप पत्र पनि दर्ता गराएको छ । आरोप पत्रअनुसार सन् २०२१ को मार्चमा जब मनीष सिसोदियाको अध्यक्षतामा मदिरा नीति तयार हुँदैथियो तब केजरीवालले पार्टीलाई पैसाको जरुरी रहेको भन्दै नजिकका र आम आदमी पार्टीका मिडिया र संचार प्भारी विजय नायरलाई कोष जुटाउने जिम्मा सुम्पेका थिए । 

यसअघि उनलाई मदिरा अपचलनमा जोडिएको मुद्रा अपचलनमा ईडीले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसपछि उनलाई फेरि जुन २६ मा तिहाड जेलबाट गिरफ्तार गरेको थियो । 

सीबीआईका अनुसार विजय नायरले साउथ ग्रुपबाट एक अर्ब भारु असुलेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ