arrow

सरसफाई गरेर मनाईयो महानगरपालिकाको वार्षिकाेत्सव

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं । बुधबार काठमाडौं महानगरपालिकाले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । वि सं २०५२ साल मंसिर २८ गते तात्कालीन मेयर पीएल सिंहले स्थापना गरेको महानगरपालिका सो भन्दा पहिले नगरपालिकाको रुपमा रहेको थियो । 
 
नेपालकै एकमात्र महानगरपालिकाको रुपमा रहेको काठमाडौंका २५ वटै वडामा महानगरले ३ दिनसम्म सरसफाईका विभिन्न कार्यक्रमहरु गरी मनाएको महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए । 
 
बुधबार बसन्तपुरबाट सुरु भएको महानगरका विभिन्न तहका कर्मचारी तथा सरोकारवालाहरुले धिमेबाजा सहित न्यूरोड, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेरु कोणसभामा परिणत भएको थियो । उक्त कोण सभालाई सम्बोधन गर्नको लागि स्थानीय राज्यमन्त्री श्रीप्रसाद जगेबु र सचिव केसब बहादुर अधिकारी पनि उपस्थित थिए । 
 
वार्षिकोत्सवको अवसरमा २६ गते स्वयम्भू, २७ गते, बसन्तपुर दरवार क्षेत्र र २८ गते कलंकी क्षेत्रमा सरसफाई गरिएको थियो । वार्षिकोत्सवको अवसरमा महानगरले ‘शहर सफा राखौं, आफ्नो घर अगाडिको फोहोर व्यवस्थाजन गरौं । महानगरपालिकालाई सुन्दर बनाऔं भन्ने नारा तय गरेको थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ