सुशील कोइरालापछि दोस्रो गरिब प्रधानमन्त्री प्रचण्ड
सम्पत्तिका नाउमा १ कठ्ठा जमिन, ३ तोला सुन, त्यो पनि पैतृक
प्रकाशित २०७३ मंसिर २९ बुधबार
4.5k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तत्कालिन प्रधानमन्त्री सुशील कोइराला पछि दोस्रो गरिब प्रधानमन्त्री भएका छन् ।
नेपाल सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री दाहाल दोस्रो गरिब प्रधानमन्त्री देखिएका हुन् । प्रधानमन्त्रीको कार्यालयले जारी गरेको सम्पत्ति विवरणमा पत्नी सिता दाहालको नाममा चितवनमा जम्मा एक कट्ठा जमीन रहेको र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको उल्लेख छ ।
जग्गाको विवरणमा १ कठ्ठा जमिन र चल सम्पत्तिको विवरणमा जम्मा ३ तोला सुन भरिएको छ भने अन्य पन्नाहरु खाली छन् । यस्तै, परिवारको नाममा रहेको एक कट्ठा जमिन र तीन तोला सम्पत्ति समेत स्वआर्जन नभइ पैतृक रहेको उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयका सूचना आधिकारी मुकेश रेग्मीका अनुसार प्रधानमन्त्री कार्यालयले वुधबार मात्रै प्रधानमन्त्री, मन्त्री, र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरणमा सबै भन्दा गरिब प्रधानमन्त्री नै देखिएका छन् । दाहालको सम्पत्तिका रुपमा कुनै पनि ठाउँमा घर नभएको देखाइएको छ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले तीन वटा मोइबाइन मध्ये दुई वटा बिग्रेको देखाएका थिए ।