arrow

बीपी राष्ट्रवादी सिद्धान्तका हिमायती : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
guru-baral-kaski.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बीपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको बताएका छन् ।

१११औँ बीपी जयन्तीको अवसरमा पोखरा-२९ मा आयोजित पार्टी सदस्यता क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रममा नेता बरालले बीपीले परिकल्पना गरेको समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए ।

मुलुकमा व्याप्त निराशाकालाई चिर्नका लागि ठूला दल कांग्रेस र एमालेले सहकार्य गरेको उनले स्पष्ट पारे ।

अब गुनासोका पहाड फोडेर मुलुक मै सम्भावनाको ढोका खोल्न नेतृत्वलाई उनले आग्रह गरे ।

बीपी जयन्ती देशभर मनाउँदै गर्दा अनुशासन र पार्टीभित्र त्याग समर्पणको उच्च मूल्यांकन र सम्मान भएमात्रै कांग्रेस बलियो हुने उनको तर्क थियो ।

नेपाली कांग्रेस कास्की १ क्षेत्रीय सचिव एवं प्रतिनिधि संयोजक सरोज केसीले बीपी राजनीति र साहित्यको अजर अमर व्यक्तित्व भएको चर्चा गरे । उनले बीपी कांग्रेसको मात्रै नभई मुलुक कै भाग्य रेखा बदल्ने एक महामानव रहेको स्पष्ट पारे ।

नेता केसीले निरंकुश जहाँनीय राणा शासन फालेर राजा र प्रजा मिलाउने बीपी पुनः राजाबाट लखेटिँदा समेत विचलित नभई राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको प्रसंग सुनाए ।

कांग्रेसभित्र त्याग र योगदानको कदर गरेर नेतृत्वले युवा पुस्ता र अग्रज पुस्तालाई माया र अवसर प्रदान गर्दा मात्रै आगामी संगठन बलियो हुने नेता केसीको तर्क थियो ।

व्यक्तिको पार्टी नभै कांग्रेस र सामुहिक नेतृत्वको प्रतिबद्धता नरही नेताको समूह र खल्तीबाट अवसर दिने प्रचलनलाई क्रियाशील सदस्यबाट हस्तक्षेप गर्न जरुरी रहेको उनले स्पष्ट पारे ।

नेपाली कांग्रेस पोखर-२९ का सभापति दीपकमणि भण्डारीको सभापतित्व भएको कार्यक्रममा सोमलाल सुवेदी, विन्दुकुमारी भण्डारी, सुरेन्द्रप्रसाद शर्मा, चिनु गुरुङलगायतले बोलेको बोलेका थिए ।

कार्यक्रम सञ्चालन सचिव पदम गुरुङ र सहजीकरण सचिव निशान्त ढकालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ