arrow
ADVERTISEMENT

कांग्रेस नेतृ यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
chitralekha-yadav-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेसकी नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नफर्काएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा यादवलाई सिफारिस गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेकी नेतृ हुन् । २०७९ को निर्वाचनमा भने उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ