arrow

कांग्रेस उपसभापति गुरुङको आग्रहः ‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
dhanaraj-gurung-81-5-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपको छानबिन गर्न गृह मन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे । 

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले सीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उनले छानबिनमा सघाउने बताए । 

 गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने बताएका छन् । गुरुङले आफूमाथि तत्काल छानबिन अगाडि बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफूलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पूर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

 उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोपमुक्त भएको बताउँदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ