arrow

मन्त्रीहरुको सम्पत्ति विवरण गलत भेटिए के हुन्छ कारबाही ?

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
SingaDarbar.jpeg
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार १० राज्यमन्त्री बाहेक प्रधानमन्त्री सहित ३१ जना मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । सार्वजनिक पद धारण गरेका र अझ सरकारको मन्त्री समेत भईसकेका व्यक्तिहरुले आफ्नो सम्पत्तिको विवरण बुझाउनु पर्ने व्यवस्था बहुदल आएपछि सुरू गरिएको बताईन्छ । त्यही परम्परालाई निरन्तरता दिँदै कार्यालयले पहिलो पटक मन्त्रीहरुको विवरण कार्यालयको आधिकारिक वेभसाईटबाट सार्वजनिक गरेको हो ।  
 
बहुदल आएको केही वर्ष पछि यही विषयलाई भ्रष्टाचार निवारण ऐनमा समेत उल्लेख गरिसकेपछि भने सरकारका मन्त्रीहरुले करबलले भएपनि सम्पत्ति विवरण नियमित रुपमा बुझाउन सुरू गरेको जानकारहरु बताउँछन् । 
 
यही ऐनको परिधिमा रहेर बुधबार मन्त्रीहरुले सम्पत्ति विवरण त बुझाए । तर, केही मन्त्रीहरूको सवालमा भने सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएको छ । अझ विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहालले ३ तोला सुन र एक कठ्ठा जमिन रहेको भनेर विवरण बुझाएपछि त झनै दाहाल आलोचनाको पात्र बनेका छन् । 
 
जबकी सुशील कोइरालाले नेतृत्व गरेको सरकारको पालामा प्रधानमन्त्री कोइरालाले आफूसँग ३ वटा मोबाईल मात्रै रहेको भनेर विवरण बुझाउँदा पनि साधगी नेता भनेर उनको विरुद्ध कसैले त्यस्ता आवाज उठाएका थिएनन् । तर अहिलेका प्रधानमन्त्रीको सवालमा भने सामाजिकसञ्जाल प्रयोगकर्ताले व्यापक आलोचना र आशंका समेत व्यक्त गरेका छन् । 
 
गलत भए के हुन्छ त कारबाही ? 
यसरी सामाजिक सञ्जालमा आलोचना भएजस्तै प्रधानमन्त्री तथा मन्त्रीहरूले गलत विवरण भरेको भए उनीहरूलाई के कारबाही होला त ? यही प्रश्न हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले प्रधानमन्त्री तथा मन्त्रीहरुले गलत विवरण नबुझाउने विश्वास व्यक्त गरे । उनले भने ‘मन्त्री ज्यूहरुले गलत विवरण पेश गर्नुभयो होला भन्ने आशंका गर्नु नै गलत हो । विवरणमा भरेको भन्दा केही फरक भयो कि भन्ने सवालमा भने कसैले उजुरी गरेको खण्डमा छानविन हुनेछ ।’
 
यो भ्रष्टाचार निवारण ऐन अन्तर्गत् पर्ने भएकोले यदि कसैले सम्पत्ति विवरण गलत पेश गरेको प्रमाण सहित उजुरी दिएको खण्डमा अख्तियारले विवरण पेश गरेको भन्दा बढी रकम भएमा भ्रष्टाचारको आरोपमा कारबाही गर्न सक्ने प्रावधान रहेको छ । 
यस बाहेक अन्य कुनैपनि कारबाही गर्ने आधार रहेको छैन । त्यसैले पनि मन्त्रीहरु आफ्नो सम्पत्ति विवरण भर्ने विषयलाई भने खासै महत्व नदिने गरेको एक कर्मचारीले जानकारी दिए । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ