arrow
ADVERTISEMENT

मादीले बगाएर बालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
Tanahun_District.png
फाइल तस्बिर

तनहुँ । तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा व्यास नगरपालिका-३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

साथीसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

उनले भने, “नदीले बगाउने सम्भावित ठाउँमा खोजी गर्दा पनि बेपत्ता बालकलाई फेला पार्न सकिएको छैन, खोजी जारी छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ