arrow

जल उपभोक्ता महासंघको प्रदेश १ मा साह सर्वसम्मत

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर २९ बुधबार
morang j.jpg.jpeg

विराटनगर । राष्ट्रिय जल उपभोग्ता महासंघ नेपालको चौथौं महाधिवेशनबाट प्रदेश नम्वर–१ को अध्यक्षमा सन्तोष साह सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी, प्रदेश १ को पुरुषतर्फको केन्द्रीय सदस्यमा सुभाष सिग्देल,  महिलातर्फ ईश्वरवती खाँ चुुनिनु भएको छ । यसैगरी प्रदेश १ कै उपाध्यक्षमा गंगादेवी पोखरेल, सचिवमा हेमनारायण मेहता तथा कोषाध्यक्षमा गणेश राय सर्वसम्मत चुनिएको केन्द्रीय सदस्य  सिग्देलले बताए ।

सदस्यहरुमा चेतनारायण बस्नेत सहित १७ जना प्रतिनिधि चुनिएका छन् । प्रदेश १ को उपाध्यक्षमा विष्णु खतिवडा चुनिएका छन् । जनकपुरमा जारी तिन दिनसम्म चलेको महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा गजाधर यादव चुनिएका छन् । जल उपभोक्ता महासंघले किसानलाई सहज रुपले नहरबाट सिंचाईको व्यवस्था गर्न नेपाल सरकारसंग समन्वयगरी काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ