arrow

आफ्नै निर्णय कार्यान्वयन गराउन अनशन

पूर्व मुख्यमन्त्री कार्कीको अनशन जारी, प्रहरीको हस्तक्षेपको बेवास्ता

'जनता मेरो साथमा छन्, म पछि हट्दिन'

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
kedar-karki-strike-81-5-25.jpg

विराटनगर । पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद केदार कार्कीले मंगलबार अनशन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समूह आमने सामने भएका छन् ।

कार्कीले आफ्नो कार्यकालका सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनशन बस्न शुरु गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी गरे पनि अपरान्ह ४ बजेदेखि अनशन थालेका कार्कीलाई राति प्रहरीले उनलाई सो स्थलबाट उठाएर उनको घरमा लगेर छोडेको थियो । 

सो समयमा अनसन स्थल विराटनगरस्थित देवकोटा चोक तनावग्रस्त भएको थियो । कार्कीलाई नियन्त्रणमा लिने क्रममा उनका समर्थक र सुरक्षाकर्मीबीच केहीबेर झडपसमेत भएको थियो । 

प्रहरीले घरमा छोडेपछि कार्की अर्को गाडीमा देवकोटा चोकमा फर्केर फेरि अनशन शुरु गरेका थिए । 

उनले हाम्राकुरासँग भने, ‘मलाई अरु केही थाहा छैन । म मेरा माग पूरा नहुन्जेल अनसन तोड्दिन । वार्ताका लागि कसैले पहल पनि गरेका छैनन् । म जनताका मुद्दा पूरा गर्ने भनेर योजनामा लागेको थिएँ । जनता मेरो साथमा छन् । म पछि हट्दिन ।'

कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन शुरु गरेका हुन् ।  

अहिले सरकार एमाले र कांग्रेसको छ । यति हुँदा पनि निवर्तमान मुख्यमन्त्री कार्कीले भने माग पूरा गराउन अनशन बस्नु परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ