arrow

नयाँ प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषदको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
supreme-court-photo-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संवैधानिक परिषदको बैठक बोलाइएको छ । परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बस्ने गरी परिषदको बैठक बोलाएका हुन् । 

बैठकको एक मात्र एजेण्डा नयाँ प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्ने रहेको छ । परिषदका सदस्यहरूलाई पठाइएको पत्रमा प्रधानन्यायाधीश सिफारिसको एउटामात्रै एजेण्डा उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउने हुनाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्ने तयारी गरिएको हो । नयाँ प्रधानन्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाइ पछि नियुक्ति हुने प्रावधान छ ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाइसकेको छ । 

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् । 

सिफारिस भएकामध्ये प्रकाशमान सिंह राउत सबैभन्दा वरिष्ठ भएकाले उनकै नाम सिफारिस हुने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ