arrow
ADVERTISEMENT

पौडी पोखरीमा डुबेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
swimming-pool-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित पावरहाउस रिसोर्टको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा भ्रमणमा आएका भारतीय लखनउका बर्ष २३ का देवान सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ः३० बजे रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्नेक्रममा उनी डुबेका थिए ।

उनको तत्कालै उद्दार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा मंगलबार दिउँसो करिब ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।

उनको शव मणिपाल शिक्षण अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतक युवकका बुबा रुकमेन्द्र प्रताव सिंहले शव बुझेर भारततर्फ नै लगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ