arrow

प्रधानन्यायाधीश सिफारिस गर्न डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
supreme-court-photo-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न बुधबार साँझ बोलाएको बैठक स्थगित भएको हो । 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न बुधबार बैठक बोलाइएको थियो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेदेखि अवकाश पाउँदैछन् । बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ