arrow
ADVERTISEMENT

पोखरामा ५५ जना जसपा नेपालमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
jasapa-kaski.jpg

पोखरा । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ ।

पार्टीको केन्द्रीय परिपत्र अनुसार गण्डकी प्रदेशमा आधारभूत संगठन निर्माण अभियानको शुभारम्भ गरेको हो ।

कार्यक्रममा ५५ जनाले पार्टी प्रवेश गरे । पार्टीका सह-अध्यक्ष तथा रकम चेम्जोङले संगठन विस्तारको कार्यक्रम अघि बढेको बताए ।

पछिल्लो समय ठूला दलप्रतिको वितृष्णा र उनीहरुको कार्यशैलीका कारण जनता आजित भएकाले अब नयाँ बैकल्पिक पार्टी रोज्ने कार्य सुरु भएको उनले सुनाए ।

पार्टीले हाल कांग्रेस-एमाले सरकारलाई समर्थन गरेको र नराम्रो काम गरेमा तत्कालै समर्थन फिर्ता लिनेसमेत बताए ।

विशेषगरी पार्टीले संविधान संशोधनको विषयलाई लिएर समर्थन गरेको उनको भनाइ छ । जसपाको मूल एजेण्डा नै निर्वाचित राष्ट्र प्रमुख हुनुपर्ने छ ।

पूर्व विज्ञान प्रविधि मन्त्री तथा केन्द्रीय उपाध्यक्ष शिवलाल थापाले आम नागरिक निर्वाचनमा सहभागी हुन निकै असहज भएकाले समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए ।

संघ र प्रदेशका लागि पार्टीगत रुपमा निर्वाचनमा जानुपर्ने र स्थानीय तहमा भने पार्टीगत जान नहुने उनले बताए ।

‘हामीले राष्ट्र प्रमुख वा कार्यकारी प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुपर्छ भनेका छौं, संविधान संशोधन हाम्रो पनि माग हो’ उनले भने, ‘अहिले संघीयताको नाममा केन्द्रकृत मानसिकता कायमै छ । प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्राप्त गरेका छैनन् ।’

संघीयता असफल बनाउन केही तत्व लागिरहेको र त्यसलाई चिर्न आवश्यकता रहेको उनले सुनाए ।

सोही क्रममा समाजवादी युवा संघ गठनसमेत गरिएको छ । भगवान श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय संघ गठन भएको हो ।

मधुकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवलाल थापा, केन्द्रीय सदस्य देवबहादुर दुरालगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ