arrow
ADVERTISEMENT

जीपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । जिल्लाको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जीपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । 

धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास–७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जीपले पैदलयात्री श्रेष्ठलाई साँझ ७:३० बजे ठक्कर दिएको थियो । 

जीपको ठक्करबाट घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि जीप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ