arrow

जेसीजको चुनावमा धाँधली, खसेको मत भन्दा गणनामा भेटियो ४९ मत धेरै

अधिकारीले गरे आफू जीतेको दावी, बराल परिणाम मान्न छैन राजी

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
JCI-Election.jpeg
काठमाडौं। काठमाडौंको टोखामा भइरहेको नेपाल जेसीजको चुनावमा धाँधली भएको भन्दै तनाव भएको छ। खसेको मत भन्दा मतगणनामा धेरै मत भेटिएपछि मतगणनापछि विजेताको नाम समेत घोषणा हुन सकेको छैन। यद्यपी आफूले धेरै मत ल्याएको भन्दै प्रकाश अधिकारी पक्ष खुसीयाली मनाउन लागेको छ। तर अध्यक्षका अर्का प्रत्यासी विष्णु बराल पक्षले भने धाँधली गरि चुनावको परिणाम प्रभावित पारिएको भन्दै त्यसलाई मान्न अस्विकार गरेको छ। टोखामा जारीबराल मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा खसेको मत भन्दा ४९ मत वढी गणना भएको भेटिएपछि बराल पक्ष मतगणनाको परिणाम अस्विकार गर्दै पून मतदान हुनुपर्ने पक्षमा उभिएको छ। 
 
मतदानका क्रममा १२३५ खसेको थियो। निर्वाचन समितिले दुबै पक्षलाई मतगणना अघी गराएको जानकारीमा १२३५ मतपत्र प्रयोग भएको बताएको थियो। मतगणनाका क्रममा अध्यक्षका प्रकाश अधिकारीले ६ सय ५६ प्राप्त गरेको जानकारी दिइएको थियो भने विष्णु बरालले ६ सय २१ मत प्राप्त गरेको बताइयो । सो क्रममा ७ मत बदर रहेको समेत बताइयो । यि सबै मत जोड्दा १२ सय ८४ रहेको पाइयो। यहाँ शुरुमा खसेको भनिएको मत भन्दा गणनाका सबै मत जोड्दा ४९ बढी पाइयो। यो तथ्य बाहिर आउने वित्तिकै मतगणनामा पछाडी रहेको बराल पक्ष मतपरिणाम अस्विकार गर्दै विरोधमा उत्रिएको छ। 
 
जेसीजका २००५ को अध्यक्ष समेत रहेका निर्वाचन समितिका प्रमुख विरेन्द्र प्रसाद दाहालले मतपत्र धेरै भेटिएको उजुरी समेत नलिइ मतगणनाको परिणाम सार्वजनिक गर्न दवाव दिएका छन्। तर मत परिणाम स्विकार्न नमान्नेहरुले प्रतिवाद गरेपछि राती अवेरसम्म मतपरिणाम सार्वजनिक गर्न उनले सकेका थिएनन्। पछि भने प्रहरी लगाएर बराल पक्षलाई उनले वाहिर धपाएर जवर्जस्ती मतपरिणाम सार्वजनिक गर्न खोजेका थिए। स्वस्तिक चिन्ह नलगाएको मतपत्रहरु पनि उनले गन्न लगाएका थिए । अध्यक्षको मतमा मात्र यस्तो धाँधली भएको बराल पक्षधरहरुको दावी छ। उपाध्यक्ष १२ जना, कार्यकारी उपाध्यक्ष ४ जना र अध्यक्ष १ जनाका लागि भएको चुनावमा बराल पक्षका १० जनाले उपाध्यक्षमा जीतेका छन् भने ३ जनाले कार्यकारीमा जीतेका छन्। अध्यक्षमा भने धाँधली गरे/ एक वण्डल मतपत्र थपिएको बराल पक्षको दावी छ। 
 
सामाजिक सेवाका क्षेत्रमा देशभित्र र वाहिर समेत चर्चामा रहेको जेसीजको नेतृत्व हत्याउन भएको धाँधलीलाई समाजसेवाको कालो धव्वाको रुपमा जेसीजका सदस्यहरुले अर्थ्याएका छन्। जेसीजका अगुवाहरु पनि चुनाव जीत्ने नाममा भएको घृणित कार्यको बचाउ गर्नु नहुने बताउन थालेका छन्। उनीहरुले समेत नयाँ चुनाव हुनुपर्ने माग गर्न थालेका छन्। वराल धरान जेसीजबाट उमेद्वार भएका थिए अधिकारी दमक जेसीजबाट उमेद्वार भएका थिए। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ