arrow
ADVERTISEMENT

जनकपुर पुगेका चिकित्सक पाँच महिनादेखि बेपत्ता, परिवारको हारगुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
nepal-police12.jpg

जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । 

काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जकानकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन् ।

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ