arrow

सी चेक गरी दुई महिनापछि फर्कियो वायुसेवा निगमको वाइड बडी जहाज 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
Nepal-Airlines-new.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर बिहीबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ । सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । 

यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टमसम्म परीक्षण गरिन्छ ।

विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ । ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ ।

नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ