arrow

‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
SMS.jpeg
काठमाडौँ । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले व्यवस्थापिका–संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् । सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन सो प्रक्रिया अवलम्बन गरिएको हो । 
 
उनीहरुले ‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’ भनी मोबाइलमा सन्देश लेखेर प्रवाह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । 
 
नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् ।
 
 युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । 
 
सोही कार्यक्रमअन्तर्गत बिहीबार बिहान सन्देश प्रवाह गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ