arrow

सुशील ज्ञवाली लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
susil-gyawali.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।

बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनोटमा रहेका थिए । जसमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए ।

ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ