arrow
ADVERTISEMENT

कीर्तिमानी पदक विजेता पलेशाले पाइन् ६५ लाख रुपैयाँ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
palesha-rewarded-65lakhs-(1.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारालिम्पिक २०२४ की कास्य पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । 

मन्त्रिपरिषद्को गत भदौ २० गतेको निर्णय बमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो । 

यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

युवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए । 

उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरब गरेको बताए ।

कार्यक्रममा खेलकुद मन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए । 

palesha-rewarded-65lakhs (1).jpg
palesha-rewarded-65lakhs (2).jpg
palesha-rewarded-65lakhs (3).jpg
palesha-rewarded-65lakhs (4).jpg
palesha-rewarded-65lakhs (5).jpg
palesha-rewarded-65lakhs (6).jpg
palesha-rewarded-65lakhs (7).jpg
palesha-rewarded-65lakhs (8).jpg
palesha-rewarded-65lakhs (9).jpg
palesha-rewarded-65lakhs (10).jpg
palesha-rewarded-65lakhs (11).jpg
palesha-rewarded-65lakhs (12).jpg
palesha-rewarded-65lakhs (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ