arrow

२०२२ साल देखि कोशी पीडितको एउटै माग, सरकार मुख दर्शक

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
koshi-news-pp.jpeg

विराटनगर । कोशी पीडित सरेकार समितिले बाढीका कारण आफ्नो थाकथलो तथा घरजग्गा समेत गुमाएको भन्दै क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् ।

२०२२ सालदेखी कोशीका कारण आफुहरुले सर्वस्व गुमाएको भन्दै क्षतिपूर्ति , मुआब्जा र जग्गा सट्टार्भना पाउँ भन्दै समितिले ज्ञापन पत्र बुझाएको छ । समितिले सिँचाई मन्त्री दीपक गिरीलाई मुआब्जा र सट्टाभर्नाको माग गर्दै ज्ञापनपत्र बुझाएको समितिका संयोजक प्रलाद थापाले बताए ।
२०२२ साल देखि २०४२ सालसम्म पाँच पटक कोशीको बाढीबाट तीनवटा गाविसका स्थानीय पीडित भएका थिए ।

महेन्द्रनगर, प्रकाशपुर तथा वराहक्षेत्र गाविसका ३९ सय घर परिवार कोशी पिडित भएको समितले जनाएको छ । सप्तकोशीलाई व्यवस्थित गर्न दुवैतिर बलिया तटबन्ध बनाउने कार्य भइरहेपनि आफुहरुको मागमा भने सरकारले बेवास्ता गरेका  पीडितहरुको भनाई छ । मन्त्री प्रधानमन्त्रीदेखि राष्ट्रपतिलाई समेत ज्ञापनपत्र बुझाउँदा पनि केही नभएको उनीहरुको गुनासो छ ।

सप्तकोशी डुबान कटान बाढी पीडित संघर्ष समिति २०६६ गठन गरेर तत्कालीन प्रधानमन्त्री बाबु्ुराम भट्राईलाई समेत ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ । पटकपटक ज्ञापनपत्र बुझाउदा पनि सरकारले बेवास्ता गरेकाले आफुहरु अब बाध्य भएर सँर्घषमा जाने थापाले बताए  ।

नेपाल सरकारबाट बाढी पीडितहरुको तथ्याङङ्क लिनेकाम समेत भइरहेकोमा सो कार्यलाई छिटो अगाडी बढाएर क्षतिपूर्ति र मुआब्जाका लागि बजेटमै व्यवस्था गरिदिन समेत समितिले आग्रह गरेको छ ।

२०२२ सालदेखि कोशी पीडितहरुले माग सम्बोधनका लागि सरकारसँग आग्रह गरिरहेको भएतापनि सुनवाइ नभएको पीडितहरु बताउँछन् । हजुर बुबाको पालादेखि पटक–पटक सरकारलाई आग्रहगर्दा पनि आफुहरुले केही नपाएको संयोजक थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ