arrow

धनीको सूचीबाट खस्किए विनोद चौधरी

सर्वाधिक धनी विल गेट्स

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Binod-chaudhari.jpeg
काठमाडौं । नेपालकै एकमात्र अर्बपतिको सूचीमा रहेका विनोद चौधरीको नाम अर्बपतिको सूचीबाट खस्किन थालेको छ । अमेरिकाको फोब्र्स म्यागाजिनले सार्वजनिक गरेको अर्बपतिको सूचीमा विनोद चौधरी १ सय ६२ स्थान तल खस्किएको उल्लेख छ । 
 
सन् २०१६ मा सार्वजनिक गरिएको सूचीमा चौधरी १४ सय १५ स्थानमा रहेका थिए । तर, २०१६मा सार्वजनिक भएको सूचीमा भने चौधरी १५ सय ७७ औं स्थानमा रहेका छन् । उनको सम्पत्ति १.१७ बिलियन डलर रहेको पत्रिकामा उल्लेख छ । 
 
त्यस्तै, यो वर्ष पनि विश्वका सर्वाधिक धनीहरुको सूचीमा विल गेट्सले नै पहिलो स्थानमा नाम लेख्न सफल भएका छन् । उनको सम्पत्ति ७५ विलियन डलर रहेको फोब्र्सले जनाएको छ । 
 
उता, यो वर्ष दोस्रो स्थानमा स्पेनका ओमान्सियो ओर्टेगा परेका छन् । उनको कूल सम्पत्ति ६७ विलियन डलर रहेको छ । तेस्रो स्थानमा भने अमेरिकाकै वारेन बफेटको नाम परेको छ । उनको सम्पत्ति ६०.८ प्रतिशत रहेको बताईएको छ । 
फेसबुकका सञ्चालक मार्क जुकरवर्ग छैटौं धनी बनेका छन् । उनको सम्पत्ति ४४.६ विलियन डलर रहेको छ । 
 
उता, एशियाको सबैभन्दा धनीको सूचीमा चीनका वाङ जियन्लिन रहेका छन् । उनको सम्पत्ति २७.७ विलियन डलर रहेको छ । उक्त धनीहरुको सूचीमा भारतबाट पनि ६४ जना अर्ब पतिको सूचीमा परेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी सम्पत्ति भएका मुकेश अम्बानी यस पटक धनीहरुको सूचीमा ३६ औ स्थानमा छन् । उनको सम्पत्ति १९ विलियन डलर रहेको छ । 
Image may contain: 2 people
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ