arrow
ADVERTISEMENT

दुई गोलसहित मेस्सीको शानदार कमब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
messi-suwarez-24.jpg

काठमाडौँ । लियोनेल मेस्सीले इन्जुरीबाट निको भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा मेस्सीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् ।

मेस्सीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेस्सी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन् । त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस सुवारेजले गरेका हुन् । सुवारेजले एक गोल असिस्टसमेत गरेका थिए ।

यसअघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा शुरुवाती अग्रता लिएको थियो ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी फिलाडेफियाको भने २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ