arrow
ADVERTISEMENT

दुई दिनपछि मुख्यमन्त्रीबाट राजीनामा दिने केजरीवालको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
arvind-kejariwal-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आम आदमी पार्टीका प्रमुख एवं नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । 

उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन । म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ