arrow

एमाले स्थायी समिति बैठक : निर्वाचनमै जोड

संविधान संशोधन विधेयकविरुद्धको आन्दोलन नरोक्ने

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
uml-party-office-in-dhumbar.jpg.jpeg

काठमाडौँ । प्रमुख विपक्षी एमालेले निर्वाचनबाटै राजनीतिक निकास निस्कने निष्कर्ष निकालेको छ । एमाले स्थायी समिति बैठकले संविधानको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक समृद्धि नै अहिलेको राष्ट्रिय कार्यभार भएकामा जोड दियो ।

बैठकले संविधान संशोधन विधेयक फिर्ता गरी आगामी निर्वाचनका लागि राजनीतिक शक्तिको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसर हुन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

बैठकले संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध संसद्भित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय पनि गरेको पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘संविधानले निर्धारण गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । विसं २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आमजनसमुदाय तथा विभिन्न सङ्घ सङ्गठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गर्दछ–विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ