arrow

सिटी एक्सप्रेसको दशैँ तिहार योजनाः ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
city-express-81-5-31.jpg

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बडादशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकसँग खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको छ । 

उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो । 

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

कम्पनीका अनुसार ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुनेसमेत कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा चालु गरेको छ । साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ