arrow

नारायणगढ–मुग्लिन सडकखण्ड ११ देखि ३ बजेसम्म बन्द

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Muglin-sadak.jpg.jpeg
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिने भएको छ । 
 
बाँकी सडक चौडा बनाउनुपर्ने भएपछि पुस ७ गतेदेखि चार घन्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
 
 प्रजिअ नारायणप्रसाद भट्टले सडक आयोजनाले दैनिक ८ घन्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखी चार घन्टा मात्र सवारी साधन रोक्ने अनुमति दिएको बताइ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ